Bidhi News Logo
खेलकुद

सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएलको उपाधि

Ukesh Dhakal
२७ मंसिर २०८२
A photo of सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएलको उपाधि

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि लुम्बिनी लायन्सले जितेको छ ।

सुदूरपश्चिम रोयल्सविरुद्ध ६ विकेटको सहज जित निकाल्दै लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको च्याम्पियन बनेको हो ।

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा उपाधिका निम्ति सुदूरपश्चिमले दिएको ८६ रनको सामान्य लक्ष्य लुम्बिनीले ९ ओभरको समाप्ति चार  विकेट गुमाएर पुरा गर्यो ।

लुम्बिनीका लागि ओपनर दीनेश अधिकारीले १३ बलमा एक चौका र पाँच छक्कासहित ४२ रन र डार्सी शर्टले १४ रन बनाएका थिए ।

तेस्रो विकेटको रूपमा रोहित कुमार पौडेल १६ रनमा क्याच भए। चौथो विकेटको रूपमा सन्दीप जोरा डकआउट भए। निरोशन डिकवेला १६ र दिलिप नाथ १ रनमा अविजित रहँदै उपाधि जिते।

सुदूरपश्चिम रोयल्सका लागि हेमन्त धामीले २ विकेट र अभिनाश बोहोरा र दीपेन्द्र सिंह ऐरीले १–१ विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङमा आएको सुदूरपश्चिम १९.१ ओभरमा ८५ रनमै समेटिएको थियो ।

ट्रेन्डिङ

देखाउनको लागि अन्य कुनै पोष्टहरू छैनन्।